Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीबाट लागुऔषधसहित तीनजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वर्ष ६२ का गगने धामी, वर्ष २३ की निर्मलाकुमारी रावत र वर्ष २४ का राजन हमाल रहेका छन् ।

बझाङ घर भएका धामीको साथबाट चरेशजस्तो देखिने कालो बस्तु ४ केजी बरामत भएको प्रहरी जनाएको छ।

यस्तै, कैलालीकी रावतको साथबाट ३ ग्राम १६० मिलीग्राम तथा सोही जिल्लाका हमालको घरबाट १ ग्राम ३४० मिलीग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077