Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चारजना थाई नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चारजना थाई नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 612
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चारजना थाई नागरिक पक्राउ परेका छन् ।

    शनिबार साँझ थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका तीन जना महिला र एकजना पुरुष लागुऔषधसहित पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।



    उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको बताइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएको बुझिएको छ ।

    उनीहरुलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार