Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।

संघले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धिजीवीवर्गलगायत शाखा कार्यालयहरुलाई घोषणा गरिएको आन्दोलनलाई साथ र समर्थन दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

संघका महासचिव डा. बद्री रिजालले भीभीआईपीको सुरक्षाका नाममा कुनै चिकित्सक तथा स्वास्थ्यकर्मी, आम सर्वसाधारणलगायत बिरामीले दुःख दिन नहुने भन्दै अबदेखि यस्तो परिपाटी अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077