Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो १ बजे

दाङ । लुम्बिनी प्रदेशका मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथ कार्यक्रम आज दिउँसो १ बजे हुन लागेको हो ।

मुख्यमन्त्री लिला गिरीले शनिबार मन्त्रिपरिषद विस्तार गरेका थिए । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा एक महिनापछि हिजो मन्त्रीपरिषद विस्तार गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रिहरुको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिसमा गरेका छन् । यसअघि विना विभागिए रहेका दुई जना मन्त्रीलाई पनि जिम्मेवारी तोकिएको छ ।

एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक एक जना गरी १० जनाको मन्त्रिपरिषद निर्माण गरिएको छ । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुंगो लागेसँगै मन्त्रिहरुको नाम दलको बैठकबाट निर्णय गरेको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रुपमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका छन् । यसअघि केसीले विना विभागिए मन्त्रीको रुपमा शपथ लिएकी थिइन् ।

एमालेबाट विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, साना दललाई एक एक मन्त्रालय दिइएको छ । जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077