Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयले भन्यो - आन्दोलनका कार्यक्रम फिर्ता लिनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघल‍ाई आग्रह गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलागयत सम्बद्ध सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

माघ २७ गतेका दिन चिकित्सकमाथि सुरक्षाकर्मीबाट भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयहरुलाई संवादमार्फत समाधानको प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077