Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

    राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 639
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ ।

    एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो ।



    राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।



    नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन् । मुख्य प्रशिक्षक अनन्त राज थापाले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

    भारतसँग नेपालले चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार