Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एन्फाको साधारण सभा आज बस्दै, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा

    एन्फाको साधारण सभा आज बस्दै, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 438
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज बस्दैछ ।

    बागमती प्रदेशको राजधानी हेटौंडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावबारेमा छलफल हुन लागेको हो ।



    गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका थिए ।



    नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामना गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार