Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

    म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघले म्यानमारविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।



    मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ। छनोट हुने नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् ।



    त्यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् ।

    मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन्।

    फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार