Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एन्फाले पायो ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रायोजक

    एन्फाले पायो ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रायोजक

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 894
    SHARES

    काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बल्ल मुख्य प्रायोजक पाएको छ ।

    लिगको अब आजसहित जम्मा १० खेल बाँकी रहँदा एन्फाले मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग सहकार्य गर्न लागेको हो ।



    विगतमा कतार एयरवेजले नै ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजन गरेको थियो । तर अहिलेको कार्यसमिति आएपछि एन्फासँगको सहकार्यवारे कतार एयरवेजले चासो दिएको थिएन ।



    यो वर्ष २०२३ का लागि ५० हजार र २०२४ का लागि १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन प्रस्ताव स्वीकार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

    ९ फागुनदेखि सुरु भएको लिगको उपाधि नवप्रवेशी क्लव चर्च ब्वाइजले जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार