Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • केपी ओली कपको पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने

    केपी ओली कपको पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

    आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने भएका हुन् ।



    पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ ।



    फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् ।

    तेस्रो र चौथो खेलको विजेताबीच फागुन १५ गते खेल हुने छ । यी सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । तर फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुने छ ।

    आयोजकका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार