Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थाले : सासंद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले लघुवित्तका कारण आत्महत्या बढेको भन्दै ती संस्थाहरुलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले उक्त माग गरेका हुन्।

उनले लघुवित्तकै कारण हालसम्म ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् ।

‘नेपाली जनताहरू लघुवित्तको कारणले गर्दा ४० जना जतिले आत्महत्या गरेका छन्। चर्को ब्याज र सेवा सुविधामा चर्को लेनदेनका कारण आत्महत्याका घटना भएका छन्। यसको बारेमा हामी मौन छौं, यसको बारेमा जानकारी पाउनुपर्‍यो। र सरकारले सुरक्षित गर्नुपर्‍यो,’ सांसद भण्डारीले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077