Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्री पौडेल भन्छन् - भ्रष्टाचारजन्य अपराधहरूलाई 'इफ', 'बट' नभनी बाहिर ल्याउँछौँ

काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरूलाई 'इफ, बट, इन्तु, परन्तु' नभनी बाहिर ल्याउने बताएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भइरहेको बताए ।

२०४७ सालपछिका वा बहुदल सुरु भएपछिका भष्टाचार अपराध बाहिर नआउने चर्चा भए पनि सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई बाहिर ल्याउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077