Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ

पर्सा । पर्सामा श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बीओपी वीरगन्जले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ इनर्वा बस्ने २५ वर्षीया प्रवेश कुमारलाई पक्राउ गरेको हो ।

बीआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077