Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीले मनायो पेरिसडाँडामा जनयुद्ध दिवस (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गर्दै माओवादीले २८ औं जनयुद्ध दिवस मनाएको हो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड लगायतका सहिदहरूको तस्बिरमा माल्यार्पण गरेका छन्।

पेरिसडाँडामा रहेको सहिद स्तम्भमा पनि प्रचण्डले माल्यार्पण गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077