Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने कांग्रेस महामन्त्री थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

थापाले भने,'पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ । राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुनेछ ।'

उनले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने बताए ।

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने भन्दै सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077