Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।

यसअघि आजै दिउँसो १ बजेका लागि बैठक तय भएको थियो। विशेष कारणवस समय सार्न परेको भन्दै सोमबार सूचना टाँस गरी ४ बजेका लागि बैठक सारिएको हो।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८र७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077