Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाका अध्यागमनमन्त्री जाइल्सको घोषणा

एजेन्सी । अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा गरेका हुन् ।

जाइल्सले लेबर सरकारको चुनावी प्रतिवद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुंगाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिने अनुमति दिइने बताए ।

यो प्रावधानले शरणार्थीहरूलाई सामाजिक, स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बिमा योजना, उच्च शिक्षाका लागि ऋण लगायतका सुविधामा पहुँच प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077