काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन हजार तीन सय छ ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।