Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाअधिवेशन सुरु, ओलीले गरे उद्घाटन

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन राजधानीमा सुरु भएको छ।

राजधानीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेदेशन उद्‌घाटन गरेका हुन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।

नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन्।

वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।

उद्घाटन समारोहमा यसअघि अखिलको नेतृत्व सम्हालिसकेका एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077