Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

महोत्तरी । स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् ।

मटिहानी नगरपालिका-८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज-६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको हो ।

पक्राउ पर्नेमा मटिहानी-८ का २९ वर्षका महेश यादव रहेका छन् । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो ।

बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077