Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको लागूऔषध एम्पुल र ट्याब्लेटसहित १३ जना पक्राउ

    अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको लागूऔषध एम्पुल र ट्याब्लेटसहित १३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 579
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको लागूऔषध एम्पुल र ट्याब्लेट नियन्त्रण गरेको छ । ब्यूरोले एक साता चलाएको अपरेशनका क्रममा नियन्त्रित लागूऔषध एम्पुल २० हजार ३ सय थान र नाइट्राभेट ट्याब्लेट १५ हजार ९५० थान बरामद गरेको हो ।

    ब्यूरोले चार जना थाइ नागरिकबाट अवैध लागूऔषध चरेश २३.८ केजी पनि बरामद गरेको छ । त्यसैगरी ५१ ग्राम खैरो हेरोइन पनि बरामद गरेको छ । ब्यूरोको टोलीले उक्त परिमाणको लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।



    पक्राउ परेका १३ जना मध्ये ४ जना थाइ नागरिक हुन् भने २ जना भारतीय र ७ जना नेपाली नागरिक हुन् । ४ थाइमध्ये ३ महिला र १ पुरुष हुन् । पक्राउ पर्नेमा सोलुखुम्बुको मप्युदुधकोशी–४ का लाक्पा शेर्पा, औरही–३ धनुषाका रिहासद भनिने अयान रेजा, भुम्लु–४ काभ्रेका दिपक तामाङ र शिवपुरी–८, नुवाकोटका लक्ष्मण बखती रहेका छन् ।



    ब्यूरोको टोलीले शेर्पालाई माघ २४ गते लागूऔषध बुप्रेनोर्फिन डाइजोपाम र फेनार्गन एम्पुल २० हजार ३ सय थान, नाइट्रोभेट १२ हजार ९५० ट्याब्लेट र ४ लाख ५ हजार नगदसहित राजधानीबाट पक्राउ गरेको हो ।

    उनी २०७० असार ७ गते पेस्तोलसहित पक्राउ परी ३ वर्ष सजाय भुक्तान गरेका व्यक्ति भएको पनि ब्यूरो प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए ।

    त्यसैगरी रेजा भने माघ २६गते धनुषाबाट पक्राउ परेका हुन् । उनी जनकपुरबाट काठमाडौंसम्मका लागि सवारी साधनको व्यवस्था गरी लागूऔषध लुकाई छिपाई पठाउने क्रममा धनुषाबाट पक्राउ परेका हुन् ।

    लाक्पा शेर्पासँग लागूऔषध एम्पुल खरिद गर्दै आएका तामाङ र बखतीलाई भने माघ २७ गते ६÷६ हजार नगदसहित बालाजु र सुन्धाराबाट ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

    त्यसैगरी भारतबाट अवैध लागूऔषध ल्याई शेर्पालाई बिक्री गर्ने मधुवनी बिहारका फैज अहमदलाई ब्यूरोको टोलीले माघ २५ गते सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।
    त्यस्तै चार जना थाइ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

    उनीहरु सुटकेशमा फल्स बटम बनाई २३.८ किलो अवैध चरेश थाइल्याण्ड लैजान लागेका बेला विमानस्थलको डिपार्चर कक्षबाट पक्राउ परेका थिए । पक्राउ पर्ने ३ महिला यसअघि पनि नेपाल आईसकेका र एक पुरुष भने पहिलोपटक नेपाल आएको खुलेको ब्यूरो प्रमुख एसएसपी खनालले बताए ।

    त्यसैगरी ३९ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेटाङ–२ मोरङका रोशन रिसाल र केराबारी–३ मोरङकै अमित श्रेष्ठ माघ २७ गते पक्राउ परेका हुन् ।

    त्यसैगरी माघ २९ गते १२ ग्राम खैरो हेरोइन, ६ हजार नगद र खैरो हेरोइन जोख्न प्रयोग गरिने डिजिटल तराजुसहित जयनगर भारतका श्रवणकुमार महरा पक्राउ परेको ब्यूरोले जनाएको छ । बरामद लागूऔषधको बजारमूल्य ५१ लाख भन्दा बढी रहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार