Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोरङबाट साढे आठ किलो गाँजासहित २ जना पक्राउ

विराटनगर । साढे ८ किलोग्राम लागूऔषध गाँजासहित मोरङको पथरीशनिश्चरे नगरपालिका–६ बाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे–६ का ३४ वर्षीय बज्रमोहन यादव र ४१ वर्षीय सुरेन यादव रहेका छन् ।

बज्रमोहनले घरबाटै गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले छापा हानेको थियो। त्यस क्रममा घरको कोठाबाट ८ किलोग्राम गाँजा बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बतायो।

घरबाट गाँजा बरामद भएपछि बज्रमोहनलाई पक्राउ गरिएको हो। त्यसलगत्तै ५ सय ग्राम गाँजासहित सुरेनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077