Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा १५८ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । मकवानपुरमा १५८ किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गबाट सोमबार सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा र गाडीसहित एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले मकवानपुरकै थाहा नगरपालिका–३ का विशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको थियो।

विशेष सूचनाका आधारमा खटिएको टोलीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा क्याविनमा लुकाएर राखेको अवस्थामा गाँजा फेला पारेको हो ।

पक्राउ परेका गोपालीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077