Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठकले यातायातका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा यातायातका समस्या समाधान तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागबारे सूची बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

नेपाल यातायात मजदुर संघका महासचिव नूरनाथ पन्तले बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर बिहीबारको कार्यदल बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077