Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० वर्षपछि इरानी राष्ट्रपति उत्रिए बेइजिङमा, चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता

एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको र आफ्ना जनताबीच मैत्रीपूर्ण भावना र विचार आदानप्रदानको लामो इतिहास रहेको बताएका छन् ।

चीनले चीन-इरान सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र इरानसँग पारस्परिक सम्मान र समान व्यवहार गर्न इच्छुक रहेको उनको धारणा छ।

चीनले इरानसँग व्यावहारिक सहयोगको स्तर सुधार गर्ने दिशामा काम गर्न इच्छुक रहेको पनि बताउँदै लीले चीन-इरान बृहत् सहयोग योजना कार्यान्वयन गर्न, अर्थतन्त्र, व्यापार र अन्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न, उत्पादन निर्यातलाई पारस्परिक रूपमा विस्तार गर्न र त्यसको कार्यान्वयनलाई प्रवर्द्धन गर्न दुवै पक्षलाई आह्वान गरेको छ ।

जनताको जीविकोपार्जनमा सुधार गर्न, कर्मचारी आदानप्रदान बढाउन र दुई देशबीचको मित्रताको जनस्तरमा सुदृढ पार्ने पारस्परिक लाभकारी परियोजनाहरू अगाडि बढाउन पनि काम गर्ने उनले उल्लेख गरेका छन् ।

इरान र चीनबीचको मित्रतालाई उजागर गर्दै रायसीले इरान चीनसँगको सम्बन्ध थप विकास गर्न प्रतिबद्ध रहेको पनि बताए । मंगलवारमात्र इरानी राष्ट्रपति इब्राहिम राइसी आफ्नो तीन दिने चीन भ्रमणका क्रममा बेइजिङ पुगेका छन् । इरानी राष्ट्रपतिको यो चीन भ्रमण इरानबाट २० वर्षपछि भएको राष्ट्रपतिस्तरीय राजकीय भ्रमण हो।

पछिल्लो समय अमेरिका र चीन बीच कुटनीतिक तथा सुरक्षा टकराब बढ्दै गएको छ। अमेरिकी आकासमा पुगेको चिनियाँ बेलुनलाई अमेरिकी सेनाले ुस्पाइ बेलुनु भन्दै खसालेपछि दुई देशबीच कुटनीतिक तिक्तता बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077