Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२ लाख १५ हजारको मतदाता नामावली ‘कट’, नयाँ दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सूचीबाट २ लाख १५ हजार ४ सय ३४ मतदाताको नाम हटाएको छ । आयोगले मतदाता नामावली शुद्धीकरणअन्तर्गत २ लाख १५ हजार ४ सय ३४ जनाको नाम मतदाता नामावली सूचीबाट हटाएको हो ।

त्यस्तै, आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि स्थगित नयाँ नामावली दर्ता र अद्यावधिक कार्यसमेत सुचारु गरेको छ । आयोगले गत २ माघबाटै नामावली दर्ता र नामावली अद्यावधिक गर्न सुरु गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा दोहोरो नामावली रहेका र मृत्यु भइसकेका मतदाताको नामावली मतदाता नामावलीबाट हटाएको जानकारी दिए ।

‘विगतका दिनमा कतिपयको नाम नामावली सूचीमा दोहोरिएको गुनासो आयो, कतिले स्वर्गबाट पनि मत हाले भन्ने गुनासो गरे, त्यसपछि आयोगले मतदाता नामावली शुद्धीकरण गर्न नाम दोहोरिएका र मृत्यु भइसकेकाको नाम सूचीबाट हटाउने प्रक्रिया थालेको हो,’ आयोग प्रवक्ता पौडेलले भने ।

आयोगले स्थानीय तहसँगको समन्वय तथा राजनीतिक दलका प्रतिनिधिसहितको सहयोगमा मतदाता नामावलीमा दोहोरो नाम भएका र मृत्यु भइसकेकाको नाम मतदाता सूचीबाट हटाइएको जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077