Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । बुधबार दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउन थालेको हो ।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियो। यो पाँच वर्षको अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन् ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

यस्तै स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077