Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नामिबिया र स्कटल्यान्ड खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबिया र स्कटल्याण्ड खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा नामिबिया पहिलो जितको खोजिमा हुनेछ । नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले हारेको थियो । यता सिरिजको पहिलो खेल खेल्न लागेको स्कटल्याण्ड सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077