Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्च कहिलेसम्म कामु प्रधानन्यायाधीशको भरमा चल्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वोच्चको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

नेता केसीले सर्वोच्च अदालत एक वर्षदेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको बताए।

उनले भने,‘यसले पर्ने मनोवैज्ञानिकदेखि संस्थागत असरप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु पर्दछ ।’

उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव संसद्ले किन टुंगोमा नपुर्‍याएको भन्दै प्रश्न उठाए । संविधानवादको रक्षा र विधिको पालनाको लागि उक्त विषयलाई टुङ्ग्याउनु पर्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077