Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डलाई नामिबियाले १ सय ५४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो ।

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए ।

जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए ।

स्कटल्याण्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । यस्तै सफयान शरिफ, र मार्क वाटले तीन–तीन विकेट लिए।

मंगलबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालसँग नामिबिया दुई विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077