Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री नियुक्त गर्न राप्रपाको प्रधानमन्त्रीसँग माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ।

काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।

शाहीले दिनदहाडै लुटपाट हुँदा समेत सरकार भए प्रहरीलाई किन निकम्मा बनाएको ? भनेर प्रश्न गरे।

उनले भने, ‘गृह मन्त्रालय आफैँ राख्ने हो भने अरू सबै मन्त्रालय प्रधानमन्त्रीलाई जिम्मा दिए हुन्छ। गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077