Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृहमन्त्री किन खाली राखेको भन्दै सांसद शाहीले भने– प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?

    गृहमन्त्री किन खाली राखेको भन्दै सांसद शाहीले भने– प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 831
    SHARES

    काठमाडौं । राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री किन खाली राखिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । आजको संसद बैठकमा बोल्दै प्रतिनिधिसभा सांसद शाहीले भने–‘संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो । यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ?’

    संसदबाटै गृहमन्त्री तत्काल नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिंदै उनले भने–‘प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?’



    काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।



    नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार