Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्ज मुन्सेको शतकमा नामिबियालाई हराउँदै स्कटल्यान्ड १० विकेटले विजयी

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ ।

नामिबियालाई हराएको स्कटल्यान्ड आईसीसी विश्वकप लिग २ को औपचारिक रुपमा च्याम्पियन बनेको छ। नामिबियालाई हराउने क्रममा स्कटल्यान्डले १० विकेटको जित पहिलोपटक निकालेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो ।

सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मंगलबार नामिबिया नेपालसँग पराजित भएको थियो । नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले ।

यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् ।

मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।

नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077