Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टीकापुरमा विभिन्न कार्यक्रम गरी पहिलो स्थापना दिवस मनाउँदै नागरिक उन्मुक्ति

काठमाडौं । नागरिक उन्मुक्तिले पार्टी स्थापनाको पहिलो स्थापना दिवस कैलालीमा मनाएको छ।

बुधबार नागरिक उन्मुक्तिको पार्टी मुख्यालय कैलालीको टीकापुरमा स्थापना दिवस मनाएको हो।

स्थापना दिवसमा पार्टी अध्यक्ष तथा संघीय सांसद रञ्जिता चौधरी, महासचिव रतन थापा, केन्द्रीय प्रवक्ता दामोदर पण्डित, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरी, प्रदेश सांसद, लुम्बिनी प्रदेशसभा सदस्यलगायत नेता, कार्यकर्ता सहभागी छन्।

दिवसको अवसरमा टीकापुरमा रक्तदान कार्यक्रम पनि गरिएको छ। नाउपा अघिल्लो वर्ष पुस १९ मा स्थापना भएको थियो।

पार्टी स्थापनापछि नाउपाले तीन वटा चुनाव सामना गरिसकेको छ। उसले स्थानीय सरकारमा ९९ सिट, प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ७ सिट प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077