Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मानव बेचबिखन आरोपमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

    मानव बेचबिखन आरोपमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 441
    SHARES

    काठमाडौं । मानव बेचबिखन कसुरमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिनामंगलस्थित डीएचएन शुभयात्रा ट्राभल्स एनड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका–५ घर भएका चिरन्जी गिरी छन् ।



    उनीमाथि कुबेतको रोयल रेस्टुरेन्टमा काममा लगाइदिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिकाससहितका देशमा पठाइदिने प्रलोभन देखाई डम्बरबहादुर दर्लामीसहितलाई ठगेको आरोप लागेको छ ।



    कुबेत पठाएर कुबेतमा एक हजार ३०० केडीमा बिक्री गरेको अवस्थामा मानव बेचबिखन ब्युरोको पहलमा कुबेतस्थित नेपाली राजदूतावाससमेतको सहयोगमा पुस ४ गते पीडितको उद्धार गरिएको थियो ।

    सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिसा, टिकटलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि ब्युरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ पानीपोखरीबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार