Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीनजना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीनजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो ।

उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077