Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी, भण्डारीको उत्कृष्ट प्रदर्शन

काठमाडौं । फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रर्दशनमा भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ।

चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २–२ को बराबरीमा रोकेको हो।

दोस्रो हाफमा रोमाञ्चक बनेको खेलको ५६औं मिनेटमा सौम्याले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । उनले त्यसको १२ मिनेटपछि भारतीय कप्तान इन्दुमति काथिरेसनले गरेको गोलसँगै नेपाल २-० ले पछि परेको थियो।

यद्यपि, अन्तिमको दुई मिनेटमा नेपालले दुई गोल गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो। स्थानीय टिमसामू निरन्तर दबाबमा परेको नेपालका लागि सावित्राले निर्धारित समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन्।

त्यसको तीन मिनेट नबित्दै इन्जुरी समयमा पुनस् सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाउन सफल भइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077