Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ग्यास सिलिण्डर बिस्फोटमा गम्भीर घाइते चन्द्र भण्डारीलाई भारत लैजाने तयारी

काठमाडौं । खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन् ।

भण्डारीको सचिवालयका अनुसार उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।

भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । स्रोतका अनुसार भण्डारी र उनकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ । चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उनीहरूलाई मुम्बई लगिनेछ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता भण्डारी र उनकी आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। बिहान १ः३२ बजे सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शर्माले आफू अस्पताल पुगेर फर्किएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077