Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्यास सिलिण्डर बिस्फोटमा गम्भीर घाइते चन्द्र भण्डारीलाई भारत लैजाने तयारी

    ग्यास सिलिण्डर बिस्फोटमा गम्भीर घाइते चन्द्र भण्डारीलाई भारत लैजाने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 699
    SHARES

    काठमाडौं । खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

    उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन् ।



    भण्डारीको सचिवालयका अनुसार उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।



    भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । स्रोतका अनुसार भण्डारी र उनकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ । चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उनीहरूलाई मुम्बई लगिनेछ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता भण्डारी र उनकी आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। बिहान १ः३२ बजे सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शर्माले आफू अस्पताल पुगेर फर्किएको जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार