Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद भण्डारी र आमालाई विदेश लगेर उपचार गर्न अस्पतालको सिफारिस

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन् ।

सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ। हाल उनीहरु कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत छन् ।

गएराति घरमा ग्यास सिलिन्डर पड्किँदा नेता भण्डारी र उनकी आमा गम्भीर घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077