Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सांसद चन्द्र भण्डारी र उनकी आमालाई उपचारका लागि मुम्बई लैजाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी भएको छ ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका हुन् ।

गएराति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा चन्द्र भण्डारी र उनकी आमाको शरीरमा आगो सल्किएको थियो ।

अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि उनले भेटघाट गर्नेहरुसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडानमा थिए ।

उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ। सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका छन्।

उनलाई मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगेर उपचार गर्नेबारे छलफल भइरहेको छ। एयर एम्बुलेन्स ल्याउन ढिलाइ हुने भएकोले श्री एयरलाइन्सको जहाज चार्टर गरी सांसद भण्डारी र उनकी आमालाई मुम्बई लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077