Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभामुख घिमिरे अस्पतालमा

    चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभामुख घिमिरे अस्पतालमा

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

    बिहीबार बिहान अस्पताल पुगेर घिमिरे ले ग्यास सिलिण्डर पड्किएर घाइते भएका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।



    उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।



    त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्यमन्त्री पदम गिरी लगायत दलका नेताहरू कीर्तिपुर अस्पताल पुगेका हुन्।

    सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार