Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस नेता भण्डारीलाई मुम्बई लगिदैँ, प्रक्रिया पूरा गर्न अस्पतालमा बैठक

काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल वर्न अस्पताल लगिने भएको छ ।

अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। भण्डारीलाई एम्बुलेन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट मुम्बई लगिने तयारी भएको छ।

कागजी प्रक्रिया पूरा गर्न अहिले अस्पतालमा बैठक बसिरहेको छ। बुधवार राति खाना पकाउने ग्यास पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

यसैबीच भण्डारीकी आमा ८९ वर्षीया हरिकलाको भने आज विहान निधन भएको छ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै सांसद भण्डारीको शरीरको करिव २५–३० प्रतिशत भाग जलेकाले फोक्सो र श्वासनलीमा पनि असर देखिन सक्ने जनाउदै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077