Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद भण्डारीलाई दिउँसो २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिने

    सांसद भण्डारीलाई दिउँसो २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

    सांसद भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको हो ।



    हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने छ ।



    बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी ९इन्टुबेसन गरी० अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

    सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार