Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिचौलियाको काम गरेको आरोपमा वाणिज्य विभागबाट तीनजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077