Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भण्डारीको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास सिलिन्डर बिस्फोटमा घाइते भएका काँग्रेस नेता तथा सांसद चन्द्र भन्डारी भण्डारीको उपचारमा कुनै पनि कमी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् – 'एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु।'

गएराति ग्यास सिलिन्डर बिस्फोटमा घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077