Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • कांग्रेस नेता भण्डारीलाई मुम्बई लिएर जाने टोलीमा सँगै रहनेछन् ६ जना चिकित्सक

    कांग्रेस नेता भण्डारीलाई मुम्बई लिएर जाने टोलीमा सँगै रहनेछन् ६ जना चिकित्सक

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपकारका लागि मुम्बई लाने टोलीमा ६ जना चिकित्सक सँगै जाने भएका छन् ।

    भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालबाट भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लान लागिएको हो ।



    टोलीमा नर्भिक अस्पतालका ३ जना डाक्टर र ३ जना पारामेडिक्स समावेश हुने स्वास्थ्य तथा जनसंख्या मत्री पदम गिरीको सचिवालयले जनाएको छ ।



    क्रिटिकल केयर प्रमुख डा. प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा।रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

    श्री एयरलाइन्सको विशेष उडानबाट उनलाई बिहीबार दिउँसो थप उपचारका लागि मुम्बई लान लागिएको हो ।

    स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

    बुधबार राति १० बजे बुद्धनगरस्थित घरमा सिलिन्डर लिक भएर आगो लाग्दा भण्डारी र आमा हरिकला गम्भीर घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार