काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ ।
बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका हुन् ।
यसअघि चार निर्वाचित र दुई मनोनीत गरी राप्रपामा ६ जना उपाध्यक्ष थिए । राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ ।
पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए । गत वर्ष कमल थापाले पार्टी विभाजन गर्दा उनलाई साथ दिएर राप्रपा नेपालमा गएका पौडेल पछि फेरि राप्रपामै फर्किएका थिए ।