Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नुवाकोटमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

नुवाकोट । नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077