Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नुवाकोट बस दुर्घटना : ३ जनाको मृत्यु‚ २३ घाइते

नुवाकोट । बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बतायो ।

मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, सोही वडाका ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077